Incident Reports

ब्रह्मनगरवासीद्वारा मसाल जुलुस प्रदर्शन

2018-03-08

Madhes, Parsa, Parsa, Ward 1

गाउँपालिकाको सेवा केन्द्र मध्य भागमा राख्नुपर्ने माग राख्दै ठोरी गाउँपालिका–३ का बासिन्दाले बिहीवार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । ब्रह्मनगर मानेचोकबाट शुरु भएको मसाल जुलुस ढुङ्गेबजार पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सङ्घर्ष समितिका संयोजक श्याम श्रेष्ठ, माओवादी केन्द्रका युवा नेता बालकुमार बस्नेत, युवा नेता अमित श्रेष्ठलगायतले सम्बोधन गरेका थिए । गाउँपालिकाले माग सम्बन्धमा कुनै सुनुवाइ नगरेकोले शुक्रवारदेखि शैक्षिक संस्था र मोटरसाइकलसमेत चल्न नदिने तथा आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी उनीहरूले दिएका छन् । गाउँसभाले गरेको निर्णय सच्याउन पटकपटक दबाब दिंदा पनि गाउँपालिकाले अटेर गरेकोले राँके जुलुस प्रदर्शन गर्न बाध्य बनेको उनीहरूले बताएका छन् । ठोरी गापाको बहुसङ्ख्यक जनताको भावनाविपरीत सेवाकेन्द्र अध्यक्षकै टोल घ्याङडाँडामा सार्ने निर्णय गरेको उनीहरूको आरोप छ । सङ्घर्ष समितिको अगुवाइमा स्थानीय महिलाहरूले बुधवार नाङलो लिएर प्रदर्शन गरेका थिए । गाउँसभाको निर्णयविरुद्ध वडा ३ का बासिन्दा एक सातादेखि आन्दोलनमा छन् । मलास जुलुस प्रदर्शन अघि सङ्घर्ष समितिले ढुङ्गेबजारमा पर्साका डिएसपी मानबहादुर राई नेतृत्वको टोलीसँग आन्दोलबारे छलफल भएको संयोजक श्रेष्ठले बताए । छलफलमा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष एवं वार्ता टोलीका संयोजक ठाकुर न्यौपाने, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य प्रताप श्रेष्ठ, इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुलगायतको सहभागिता थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis