Incident Reports

आन्दोलनकारीले ठोरी गापाका अध्यक्षको पुतला जलाए

2018-02-11

Madhes, Parsa, Parsa

सेवा केन्द्र सार्ने ठोरी गाउँसभाको निर्णयको विरोधमा आन्दोलनरत सुवर्णपुर सङ्घर्ष समितिले गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठको आइतवार पुतलादहन गरेको छ । सुवर्णपुरवासीको मागलाई अध्यक्ष श्रेष्ठले उपेक्षा गरेको भन्दै सङ्घर्ष समितिले उनको पुतला दहन गरेको सङ्घर्ष समितिका अध्यक्ष जरीलाल थिङ लामाले जानकारी दिए । सङ्घर्ष समितिको अगुवाइमा सुवर्णपुरचोकबाट पुतला बोकेर जुलुससहित ओरियाखोला आर्यघाटमा पुतला दहन गरेको लामाले बताए । टोलटोलबाट उपस्थित नागरिकले श्रेष्ठको पुतला दहन गरेको उनले बताए । पुतला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सङ्घर्ष समितिका संयोजक लामाले सुवर्णपुरवासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका थिए । आन्दोलनमा सर्वसाधारणको स्वस्पूmर्त सहभागिताले आन्दोलनलाई उचाइमा पु¥याउने भन्दै अलोकतान्त्रिक र असंवैधानिक गाउँसभाको निर्णय खारेज गराएर छाडने चेतावनी लामाले दिएका थिए । कोणसभालाई युवा परिचालन समितिका संयोजक विश्वराज घिमिरे, सङ्घर्ष समितिका उपसंयोजक विमल प्रधान, सुन लामालगायतले सम्बोधन गर्दै आन्दोलनलाई उचाइमा नपु¥याएसम्म विश्राम नलिने बताए । माघ १५ गते गाउँसभाले सुवर्णपुरमा रहेको सेवा केन्द्र ठोरी गाउँपालिका–४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी आन्दोलित बनेका हुन् । सङ्घर्ष समितिले सेवा केन्द्रको मूल गेटमा तालाबन्दी गरी वीरगंज–ठोरी सडक खण्डमा सवारी साधन गुडन दिएका छैनन् । वडा ३ को शैक्षिक संस्था सुचारु आन्दोलनका कारण बन्द रहेको ठोरी गाउँपालिका–३ का शैक्षिक संस्थाहरू आइतवारदेखि सुचारु भएका छन् । आन्दोलनलाई सशक्त पार्ने भन्दै वडा–३ को सङ्घर्ष समितिले शुक्रवारदेखि वडाका सबै शिक्ष्ण संस्थासमेत बन्द गराएका थिए । नागरिक अगुवा, बुद्धिजीवी, अभिभावक, विद्यार्थी, पत्रकारहरूले शैक्षिक संस्था बन्द नगर्न आन्दोलनकारीलाई आग्रह गरेकाले आइतवारदेखि शैक्षिक संस्था बन्दको कार्यक्रम फिर्ता लिएको सङ्घर्ष समितिका संयोजक श्याम श्रेष्ठले बताए । बन्द फिर्ता भएसँगै वडाका पाँचवटा सामुदायिक विद्यालय र निजी विद्यालयहरूको पठनपाठन नियमित भएको उनले बताए । सेवा केन्द्र मध्य भागमा राख्नुपर्ने माग राख्दै वडा ३ का बासिन्दाले आन्दोलनका अन्य कार्यक्रमलाई भने जारी राख्ने श्रेष्ठले बताए । माग सम्बोधन गर्न गाउँपालिकाले चासो नदेखाएकोले थप सङ्घर्षको कार्यक्रम तय गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले बताए । आठ दिन यता सडक जामलगायत अन्य विरोधका कार्यक्रम गर्दै आएको ब्रह्मनगरका बासिन्दाले शनिवार सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis