Incident Reports

महंगीको विरोधमा काभ्रेको कारागारभित्र नाराजुलुस

2018-03-05

Bagmati, Kabhrepalanchok, Panchkhal

जिल्ला कारागार काभ्रेमा कैदीबन्दीहरुले सोमबार विहानदेखि नारा जुलुससहित आन्दोलन थालेका छन् । दैनिक उपभोग्य खाद्यन्नमा नाइकेहरुले मनलाग्दी भाउ लिएको र आर्थिक हिनामिना गरेको आरोपमा कैदीहरुले आन्दोलन थालेका हुन् । सोमबार विहानदेखि कैदीहरुले खाद्यन्नमा अनावश्यक मुल्य वृद्धि गरेको भन्दै कारागारभित्रै नाराजुलुस गरेका जिल्ला कारागारले जनाएको छ । कैदीहरुले चौकिदार, मुलनाइके, नाइके र सहनाइकेहरुलाई कारागारभित्र नै थुनेर राखेका छन् । कैदीहरुले उपभोग गर्ने खाना खाजा र पानीमा नाइके, मुल नाइकेले बजार मूल्य भन्दा बढी देखाउने गरेको र दूषित वस्तुहरुको उपभोग गर्न बाध्य भएको उनीहरुले बताएका छन् । कारागार प्रमुख बाहिर रहेकाले समस्या समाधानका लागि दुई पक्षबीच वार्ता गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments