Incident Reports

एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप

2018-03-07

इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक समूहले कुटपिट गरी घाइते बनाएको छ । एफएमको काम सकेर राति १० बजेतिर गोलबस्तीस्थित कोठामा फर्कदै गरेका पाठक र न्यौपानेलाई मदिरा सेवन गरी झगडा गरिरहेका युवाहरूले अचानक कुटपिट गरेको डिएसपी रमेश बस्नेतले जानकारी दिए । कुटपिटबाट न्यौपानेलाई सामान्य चोट लागेको छ भने पाठकको टाउको, हात र गोडामा गम्भीर चोट रहेको इलामका डिएसपी बस्नेतले बताए । घाइते पाठकको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पठाइएको छ । कुटपिटमा संलग्न युवाहरूको पहिचान भएपनि घटना लगत्तै फरार रहेको र खोजी कार्य जारी रहेको बस्नेतले जानकारी दिएका छन् । खोजी कार्य जारी रहेकाले नाम गोप्य राखिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 2
INSEC , National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments