Incident Reports

उपियाँ र उडुस हटाउन कैदीबन्दीको आन्दोलन

2018-03-05

कारागारभित्र उडुस र उपियाँले सताएको भन्दै जिल्ला कारागार काभ्रेका कैदीबन्दीले नाराजुलुससहित गरेको आन्दोलन स्थगन गरेका छन्। कैदीबन्दीले कारागारभित्र नाइकेहरूको ज्यादती र फोहोरमैलाले आफूहरूलाई समस्या भएको भन्दै उनीहरूले सोमबार र मंगलबार सातजना कारागार नाइकेलाई थुनेका थिए। कैदीबन्दीले कैदीबन्दीलाई नै थुनेपछि प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, प्रहरी प्रमुख सहकुलबहादुर थापा र जेलरको टोलीले उनीहरूसँग वार्ता गरेको छ। वार्तामा छानबिन समिति गठन गर्ने र जेलरहरू दोषी देखिए कारबाही गर्ने कैदीबन्दीलाई आश्वासन दिइएको छ। विभिन्न कसुर भुक्तान गर्दै आएका जिल्ला कारागार कैदीबन्दीले बजारमूल्यभन्दा झन्डै दोब्बर रकम तिरेर खाद्यान्न उपभोग गर्नुपरेको गुनासो गरेका छन्। क्षमताभन्दा बढी कैदी राखेको, खानबस्न र सेवासुविधा व्यवस्थापनमा नाइके र कारागार शाखाले घोटाला गरेको आरोप लगाउँदै कैदीबन्दीले धुलिखेल कारागारका ६ जना नाइके र एक सहनाइकेलाई जेलभित्रैकै कोठामा थुनेको कारागार शाखा धुलिखेलले जानकारी दिएको छ। कारागार नाइकेले अन्य बन्दीलाई अमानवीय व्यवहार गर्नुका साथै खाद्यान्नको मूल्य मनलाग्दी लिएको र आर्थिक घोटाला गरेको भन्दै कैदीबन्दीले आन्दोलन गरेका हुन्। बन्दीगृहभित्र खाने भाँडा सफा गर्नुपर्ने, कोठा र ओछ्यानमा उपियाँउडुस हटाउनुपर्ने, अन्य व्यवस्थापन र समस्या समधान तत्काल गरिनुपर्नेलगायत माग राखेर मुख्य प्रवेशद्वारमा ताला तथा चामलका बोरा राखेर अवरोध पु‍र्‍याइएको कारागार प्रमुख महेश पोखरेलले जानकारी दिए। ‘कैदीबन्दीले सातजना नाइकेलाई कारागारको ‘ख’ ब्लकमा थुनेका हुन्’, उनले भने। कारागारमा अहिले दुई सय ४६ जना बन्दी छन्। कैदीबन्दीले अर्जुन थापा मगर, दीपक ठकुरी, मधुकर महत, सुरज थापा, सुरेश बलामी र जमसिं तामाङ गरी ६ जना नाइके र सहनाइके कुमार कार्कीलाई कारागारभित्रको ‘ख’ खण्डमा थुनेर आन्दोलन गरेको जिल्ला कारागार काभ्रेका सूचना अधिकारी रुद्रप्रसाद हुमागाईंले जानकारी दिए। उनीहरूले आफन्तलाई पत्रमार्फत कारागारमा महँगो मूल्य तिर्नुपरेको गुनासोसमेत गरेका छन्। पत्रमा दैनिक उपभोग्य वस्तु, खाजा, चियालगायतमा चर्को मूल्य तिरेर आफूहरू उपभोग गर्न बाध्य बनेको कैदीबन्दीको गुनासो गरेका छन्। चौकीदार नाइकेले विभिन्न बाध्यता सिर्जना गर्दै आफूहरूबाट चर्को रकम असुल्ने उनीहरूको आरोप छ। जिल्ला कारागारमा मानसिक सन्तुलन गुमेका, जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागूपदार्थ ओसारपसार, चोरी डाँका, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सार्वजनिक मुद्दा, अपहरण, तस्करीलगायत मुद्दाका बन्दी छन्। कैदीबन्दीले कैदीबन्दीलाई नै थुनेपछि प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, प्रहरी प्रमुख सहकुलबहादुर थापा र जेलरको टोलीले उनीहरूसँग वार्ता गरेको छ। वार्तामा छानबिन समिति गठन गर्ने र जेलरहरू दोषी देखिए कारबाही गर्ने कैदीबन्दीलाई आश्वासन दिइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments