Incident Reports

​क्षतिपूर्तिको माग गर्दै डोटी बन्द

2018-03-11

Sudurpashchim, Doti, Shikhar, Ward 1

से २ त ९०८ नम्बरको ट्रयाक्टरले एक बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै बालकका आफन्तले डोटी बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै उनीहरुले गएरातिदेखि डोटीमा चक्का जाम गरेका छन् । शिखर नगरपालिका–१, खाती गाउँका ३ वर्षीय विश्वास खातीलाई आइतबार राजपुर बजारमा ट्रयाक्टरले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको थियो । ठक्कर दिने ट्रयाक्टर मालिकसँग १२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले डोटीमा चक्का जाम गरेका हुन् । चक्का जामका कारण तराईबाट अछाम, बाजुराका लागि आएका दजनौं सवारी साधनहरु अहिले डोटीको कुल्पातेमा जाममा परेका छन् । उक्त गाडीमा भएका सयौं यात्रुहरु बिच बाटोमै अल्पत्रमा परेका छन् । मृतकका आफन्तसँग बाटो खोल्ने विषयमा वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले कुलपातेमा ढुंगा, मुडा तेस्यायर बाटो अवरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments