Incident Reports

काभ्रेमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, चार सेल अश्रुग्यास प्रहार

2018-03-17

गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामाको रिहाइको माग गर्दै नेपाली कांग्रेस काभ्रेले राँके जुलुस प्रदर्शन गरेको छ । कांग्रेस काभ्रे, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा शनिबार साँझ राँके जुलुस निकालेका थिए।जुलुस निकाल्ने क्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। गोदाम चोकबाट निस्किएको जुलुसलाई प्रहरीले रोक लगाएपछि झडप भएकोहो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास हानेको थियो। झडपका क्रममा कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश हुमागाईं घाइते भएका छन्। यस्तै, कांग्रेस बेनपा नगर सचिव महेश कमाचार्यको हातमा सामान्य चोट लागेको छ। गत बुधबार लामालाई प्रहरीले पेस्तोलसहित काठमाडौं गौशालाबाट नियन्त्रणमा लिएको थियो। लामालाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत प्रहरीले मुद्दा चलाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments