Incident Reports

वम विस्फोटको विरोधमा लहान बजार ठप्प

2018-03-25

Madhes, Siraha, Lahan

पसलमा वम विस्फोट गराएको विरोधमा उधोग बाणिज्य संघको आह्वानमा शनिबार लहान बजार बन्द भएको छ । संघले बिहानै बजार क्षेत्रमा माइकिङ गरेर बजार बन्द गराएको हो । वम बिस्फोट घटनाको विरोधका लागि बजार बन्द गरिएको संघले जनाएको छ। बजार बन्द भएका कारण बजार क्षेत्र सुनसान देखिएको छ । अचानक पसल बन्द हुुँदा उपभोक्ता मारमा परेका छन् । गाउँघरबाट किनमेल गर्न बजार आएका उपभोक्ताहरू रित्तै हात फर्केका छन्। शुक्रबार दिउँसो १ बजे लहान नगरपालिका ७ स्थित विकास ट्रेडर्स ९सुनचांदी पसल०मा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटमा पसल संचालक विकास सारडा, उनका भाई राहुल साडा, एक ७ वर्षीय बालकलगायतका ८ जना घाइते भएका छन् । घाइते बालक, उनकी आमासहित चार जनाको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा जारी रहेको र बाँकीले उपचार गराई घर फर्केको प्रहरीले जानकारी दिएको छ। वम बिस्फोट गराउनेहरूलाई पक्राउ गरी कडा कारवाही र व्यापारीको सुरक्षाको प्रत्याभुति स्थानीय प्रशासनले गराउनुपर्ने संघका अध्यक्ष सुनिल महतोले माग गरेका छन् । उनले यहाँका व्यापारीहरू दिनप्रतिदिन असुरक्षित हुुँदै गएकोमा चिन्ता व्यक्त गरे । सुरक्षाको प्रत्याभुति गराउन प्रहरी प्रशासन संवेदनशिल हुनुपर्ने उनको भनाई छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments