Incident Reports

​धुलो नियन्त्रणको माग गर्दै स्थानीयबासिन्दा सडकमै धर्ना बसे

2018-03-26

(PR) धुवाँधुलोको कारण जनजीवन प्रभावित भएपछि स्थानीयबासिन्दा प्रदुषण नियन्त्रणको माग गर्दै महोत्तरीको औरही नगरपालिका ८ टिम्कीयामा धर्नामा बसेका छन् । बर्दिवास औरही, जलेश्वर सडकखण्ड अन्र्तगतबाट चल्ने गाडीले धेरै धुलो उडाएपछि जनजीवन प्रभावित भएको भन्दै स्थानीयबासिन्दा बिहान ७ बजेदेखि धर्नामा बसेका हुन् । सडकमा गुड्ने गाडीले उडाएको धुलोले बिरामी पर्न थालेपछि सडकमै धर्नामा बसेको स्थानीय शिवशंकर यादवले जानकारी दिनुभयो । आफूहरुले यसबारे पटकपटक नगरपालिकाको वडा कार्यालयमा जानकारी गराउँदासमेत कुनै पहल नगरेको र धुलोको कारण घरघरमै बिरामी पर्नेको संख्या बढेपछि बाध्य भएर सडक जाम गर्नुपरेको स्थानीयबासिन्दाको भनाई छ । अहिले ईलाका प्रहरी कार्यालय रामगोपालपुरको प्रहरी टोली धर्नास्थल पुगेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments