Incident Reports

बाढी पीडितको राहत बराबर बाँड्न माग

2018-03-26

Madhes, Saptari, Chhinnamasta

तिलाठी-कोइलाडी गाउँपालिकामा सोमबार तालाबन्दी भयो । वडा नम्बर ३ सकरपुराका बासिन्दाहरुले गाउँपालिका अध्यक्ष सतिश सिंहलाई समेत उनीहरुले केहिबेर घेराउ गरे । अध्यक्षलाई घेराउ गर्दै उनीहरुले माग राखे, ‘बाढी पीडितका लागि आएको रकम सबैलाई बितरण गर्नुपर्छ ।’ गत साउनमा आएको बाढीमा परी पूर्ण रुपले घर क्षतिग्रस्त भएकाहरुका लागि राहत स्वरुप नगदै आएको छ । सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत् माघ महिनामै प्रति परिवार २५ हजारका दरले रकम पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा हुँदै स्थानीय तहमा आएको रकम अझै वितरण भएको छैन । ‘सबैलाई बराबर रकम बाँड्नु पर्ने नभए विकासे काममा प्रयोग गर्नुपर्ने उनीहरुको माग छ’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘तर, राहत स्वरुप आएको रकम पूर्ण रुपमा घर क्षतिग्रस्त भएकाहरुका लागि आएको छ ।’ तिलाठी कोइलाडी गाउँप्ालिकाभर ६ सय ३५ परिवारका लागि र वडा नम्बर ३ का २२६ परिवारका लागि २५ हजारका दरले रकम आएको छ । ३ माघमा बसेको दैवी प्रकोप उद्वार समितिको बैठकले जिल्लामा पूर्णक्षति भएको ५१४४ परिवारका लागि आएको रकम बितरण गर्न स्थानीय निकायलाई जिम्मेबारी दिइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments