Incident Reports

चिट चोर्न नपाएको भन्दै विद्यार्थीद्वारा प्रहरी पोष्ट तोडफोड, विद्यार्थीसँगको झडपमा ४ प्रहरी घाईते

2018-03-26

Karnali, Mugu, Chhayanath Rara, Ward 10

एसइइ परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा भएको छ। मुगुको छाँयानाथ नगरपालिका १० रोवा मावी परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति स्थानीयले प्रहरी पोस्टमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। स्थानीय तथा विद्यार्थी मिलेर राति प्रहरी सुतेका बेला आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी भीम किरण बोगटीले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार प्रहरीले भीडलाई नियन्त्रण लिन एक राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फाएरसमेत गरेको थियो। सोमबार भएको परीक्षामा चिट चोर्न नदिएर कडाई गरेको भन्दै स्थानीयले राति प्रहरी सुतेका बेला बाहिरबाट ढुङ्गामुढा गरेको डिएसपी बोगटीले सेतोपाटीलाई जानकारी दिए। ‘घटनास्थल सदरमुकामदेखि ४ घण्टा टाढा छ, परीक्षामा चिट चोर्न नपाएका स्थानीय तथा विद्यार्थीले प्रहरी बस्ने पोस्टमा आक्रमण गरे ४ जना प्रहरी घाईते भएका छन्,’ डिएसपी बोगटीले भने,‘घाईतेलाई सदरमुकाम ल्याउँदैछौं।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments