Incident Reports

क्रान्तिकारीद्धारा हत्याको विरोधमा प्रदर्शन

2018-03-29

नेपाल कम्यूनिष्ट पार्टी निकटको अनेरास्ववियु क्रान्तिकारीले सुर्खेतमा एक किशोरीको हत्या भएको भन्दै दाङको तुलसीपुरमा प्रदशन गरेको छ । एसईई परिक्षा दिन भनि आएकी सुर्खेत जिल्लाको सूर्य प्रकाश माविकी छात्रा १८ बर्षीया गौरीकला रोकायाको बलात्कारपछि हत्या गरेको विरोधमा तुलसीपुरमा प्रदशन गरेको अखिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले जानकारी दिए । हत्यामा सम्लग्न दोषीहरुलाई कारवाहीको मागगर्दै दबाव स्वरुप प्रदशन गरिएको सचिव खड्काले बताए । सचिव खड्काको नेतृत्वमा भएको प्रदशन तुलसीपुरको वाहिनी चोकवाट सुरु भएको थियो भने विरेन्द्र चोकको परिकर्मापछि वीपी चोकमा आएर कोणसभामा परिणत भएको थियो। उक्त कोणसभालाई अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्का र जनगणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र वलीले सम्वोधन गरेका थिए । बक्ताहरुले बलात्कारमा सम्लग्न प्रहरी जवानसहित अन्य सहयोगीहरुलाई पनि हदैसम्मको कारवाहीको माग गरेका थिए । यदी राज्यले दोषीलाई उपयुक्त कानुनी कारवाही नगरे आफ्नो संगठन दोषीहरुलाई कारवाही गर्न बाध्य हुने चेतावनी बक्ताहरुले दिएका थिए । विगतमा पनि प्रहरी प्रशासन भित्रैका व्यक्तिहरुवाट बत्कृत भएका महिलाहरुले न्याय नपाएको भन्दै बक्ताहरुले बलात्कारमा सम्लग्न जो कोहीलाई कडा कारवाही गर्न माग गरेका थिए
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments