Incident Reports

अध्यक्षलाई निकालेर बाढी पीडितले गरे तालाबन्दी

2018-03-30

Madhes, Saptari, Rajbiraj

बाढी पीडितलाई दिइने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिले अनियमितता गरेको भन्दै राजविराज नगरपालिका ५ का वडाबासीले तालाबन्दी गरेका छन्। गुनासोसहितको उजुरी लिएर तीन दिनदेखि वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय धाइरहेका वडा ५ का बाढी पीडितले बिहीबार वडा कार्यालयमा तालाबन्दी गर्दै धर्ना बसेका छन्। तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, नव निर्वाचित वडा सदस्य पार्थो सरकार र संगीता कर्णविरुद्ध चर्को नाराबाजी गर्दै वडा कार्यालय पुगेका स्थानीयवासीले वडा अध्यक्ष समीर झालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरे। सरुवा भइ गएका वडा सचिव रोशन, वडा सदस्य सरकार र कर्णका बदमासीका कारण बाढी पीडितलाई राहतबाट बञ्चित गराउन खोजिएको आन्दोलनरत पक्षको आरोप छ। बाढीबाट डुबान नभए पनि रोशन, सरकार र कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको लिष्टमा पारेका छन्। एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चारजनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय दिपेश यादवले बताए। पछिल्लो वर्ष साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो। बाढीले वास्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेर नांगो नृत्य देखाएको जगदीश भगतले बताए। पछिल्लो पटक बाढीबाट पूर्णरुपमा घर क्षति भएका परिवारलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन वडा कार्यालयमा रकम पठाएको छ। पूर्ण क्षति भएकाको नाम सार्वजनिक भएपछि विवाद चुलिएको छ। राहतका लागि तत्काल खटिएको टोलीले सिफारिस गरेको परिवारको सूचिमा वास्तविक बाढी पीडितको नाम काटेर कर्मचारी र जनप्रतिनिधिले आफ्नो र नातेदारको नाम समावेश गरेको आन्दोलनरत मन्जु झाको आरोप छ। पछिल्लो बाढीले वडा ५ को बंजरग टोल र इटा भट्टा क्षेत्र पूर्णरुपमा डुबानमा परेपनि बाढी प्रभावित मध्ये अधिकांशको नाम राहत पाउने सूचिमा नरहेको अजीत ठाकुरले बताए। उनीहरुले बाढी पीडितको नामावलीमाथि आवश्यक छानबिन हुनुपर्ने, अनियमितता गर्ने दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारबाही गरिनुपर्ने, वास्तविक पीडितलाई राहत बाँडिनुपर्ने, सरकारी राहतको दुरुपयोग रोकिनुपर्नेजस्ता मागहरु अघि सारेका छन्। आफूहरुको माग पुरा नभए तालाबन्दी जारी राखी सशक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारीले दिएका छन्। स्थानीय तहको चुनाव अघि नै तत्कालिन वडा सचिवले गरेको सिफारिसका नामहरु गल्ती भएको स्वीकार गर्दै वडा अध्यक्ष झाले समेत सच्याउनुपर्ने बताए। पूर्ण क्षतिमा राहत लिन खोज्ने वडा सदस्यको घरमा पानी पसे पनि घरहरु क्षति नभएको भन्दै अध्यक्ष झाले बाढीपछि घरहरु हेर्नै नगएकाले वास्तविकता थाहा नभएको बताए। उनले थुप्रै बाढी प्रभावितको नामावली छुटेको र क्षति नभएकाको नाम पूर्ण क्षतिमा परेको स्वीकारे। यसअघि गत सोमबार कर्मचारी तथा जन प्रतिनिधिले धाँधली गरेको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका कार्यालय र वडा नम्बर ३ को कार्यालयमा समेत बाढी पीडितले गरेको तालाबन्दी जारी नै छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments