Incident Reports

अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै क्याम्पस अगाडि चक्काजाम

2018-03-30

Bagmati, Kathmandu, Chandragiri

अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् । काठमाडौं उपत्यकाका आरआर, त्रिचन्द्र लगायतका प्रमुख कलेज अगाडि बिहान करिब एक घण्टासम्म विद्यार्थीहरुले चक्काजाम गरे । चक्काजाम अवधिभर काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । यही चैत २३ गते हुन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले प्रदर्शन गर्दै आएका छन् । शुक्रबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेका उनीहरुले मध्यान्ह माइतीघर मण्डलामा पनि प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । प्रमुख तीन विद्यार्थी संगठनहरुले १७ गतेदेखि भने आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेका छन् । एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनर्विचार गर्न निजी विद्यालयहरुको संस्था प्याब्सनले आग्रह गरेको छ । यही चैत ८ गतेबाट सुरु भएको यसईई परीक्षा चैत २० गते सकिँदैछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments