Incident Reports

जल्ला शिक्षा कार्यालयमा शिक्षक संगठनको तालावन्दी

2018-04-03

जिल्ला शिक्षा कार्यालय दाङमा शिक्षक संगठनहरुले अनिस्चित कालिन तालावन्दी गरेका छन् । नेपाल शिक्षक महासंघ दाङको नेतृत्वमा गएको शिक्षक संगठनका पदाधिकारीहले शिक्षक दरवन्दी मिलानमा जिशिअ रमेश प्रशाद मैनाली असहिस्नु देखिएको भन्दै अनिश्चित कालिन तालावन्दी गरेको हो। शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्काले जिल्ला शिक्षा अधिकारी रमेशप्रशाद मैनाली बहिस्कार अभियान अन्तरगत तालावन्दी गरिएको जानकारी दिए । त्यस्तै महासंघका सचिव प्रकाश डाँगीले स्पष्ट शब्दमा आफुहरुले जिशिअ मैनालीलाई जिल्ला छोडेर जान आग्रह गरेको जानकारी दिए । जिशिअलाई किन तपाँईले जिल्ला छोड्न भन्नु भएको हो ? भन्ने तुलसीपुुर अनलाईनका प्रश्नमा सचिव डाँगीले जिशिअ मैनाली शिक्षकको दरवन्दी मिलानका सन्दर्भमा गम्भीर नदिएको, कुनै वास्ता नगरेको, व्यवहारिकता भन्दापनि मनोमानी ढंगले चल्न खोजेको हुँदा नयाँ जिशिअ आउनुपर्ने बताए ।‘हामीले आज त्यहि मागसहित तालावन्दी गरेका हौ र जवसम्म हाम्रो माग पुरा हुँदैन तव सम्म ताला खोल्दैनौं।’ सचिव डाँगीले भने । जिशिअको मनोमानीले गर्दा प्राविमा पढाउँदै आएका झन्डै तीनसय शिक्षकको भविस्य अन्यौंलमा परेको, विद्यार्थीको पढाई प्रभावित भएको हुँदा अविलम्ब दरवन्दी मिलान हुनुपर्ने सचिव डाँगीले माग गरे । चैत मसान्तसम्म शिक्षक दरवन्दी मिलान गरिसक्नु पर्ने माग गरेका सचिव डाँगीले जिशिअ मैनालीले सोमवार पनि यो सवालमा आफुले केही गर्न नसक्ने जवाफ दिएको भन्दै रोष प्रकट गरेका थिए । ‘लामो समयदेखि दरवन्दी मिलानको विषयलाई गोलमोटोल पार्ने र अझैंपनि त्यही ढंगले चल्न खोज्ने जिशिअ हामीलाई चाहिएको हैन । अब नयाँ जिशिअ आउनुपर्छ।’ एकजना शिक्षकले फोनमा भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments