Incident Reports

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीकाे गाडी तोडफोड

2018-04-03

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । ताेडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् । विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् । स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप नै भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments