Incident Reports

पर्साको मैनपुरमा रहेको विद्यालयमा विद्यार्थीले परीक्षा दिन पाएनन्

2018-04-03

Madhes, Parsa, Pakahamainpur

C Lamichhane पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तालाबन्दी लगाएका कारण विद्यार्थीको परीक्षा रोकिएको छ । जिल्लामा अन्य विद्यालयको परीक्षा सकिँदा मैनपुरका विद्यार्थीहरूको परीक्षा नै हुन सकेको छैन । विद्यालयमा अनियमित तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गरिएको भन्दै स्थानीयले तालाबन्दी गरेपछि परीक्षामा विद्यार्थी सहभागी हुन नपाएका हुन् । विद्यालयमा चैत २० गते दुखनी देवीको नेतृत्वमा आएको महिलाहरूको टोलीले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण परीक्षा हुन नसकेको विद्यालयका प्रधानाध्याक राजकिशोर चौरसियाले बताए । उनका अनुसार सृजनात्मक चित्रकला बिषयको परीक्षा हुन सकेको छैन । तालाबन्दी भएका कारण परीक्षा नभएको हो । नयाँ शैक्षिक सत्र सुरू हुनलाग्दा परीक्षा नसकिने र रिजल्टपनि नहुने भएपछि विद्यार्थीहरू चिन्तामा परेका छन् । विद्यालयका प्रअ चौरसियाले कतै व्यवस्थापन समिति नहुँदा गठन गरिएकोमा पनि सुख नपाइएको गुनासो गरे । उनले भेला राख्यो भने हुलहुज्जत गर्ने भएकाले वार्ड अध्यक्ष मदन साह कानु र भद्रभलाद्मीको सल्लाहमा प्रदीपप्रसाद कुर्मीलाई अध्यक्ष बनाएको बताए । स्थानीयले भने दुई महिना अगाडि धारा साइकल वितरण गर्ने भन्दै सङ्कलन गरिएको हस्ताक्षरलाई आधार बनाएर ब्यवस्थापन समिति बनाइएको आरोप लगाएका छन् । स्थानीयले भने आफूहरूलाई व्यवस्थापन समिति गठन गर्ने बेलामा जानकारी नदिएकाले त्यसैको विरोधमा तालाबन्दी गर्नु परेको दुखनी देवीले बताइन् । प्राधानाध्यापक गाउँपालिकाका अध्यक्षको भान्जा भएकोले गाउँपालिका अध्यक्षको आडमा यस्तो भएको स्थानीयको आरोप छ । गाउँपालिकाले भने भोलि २५ गते छलफलका लागि बोलाएको प्रअ चौरसियाले बताए । ‘गाउँपालिकाले बोलाएको छ । मैले गाउँपालिकामै हाजिर गर्छु । मलाई प्रधानाध्यापक पद पनि चाहिँदैन । सरूवा समेत मागेको छु ।’-प्रअ चौरसियाले भने-‘पार्टी पोलिटिक्सका कारण काम गर्न गाह्रो भयो ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments