Incident Reports

​ वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी

2018-04-11

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सुनर्या गाउँपालिका वडा नम्बर – १ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलका अगुवाले तालाबन्दी गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिले हस्ताक्षर गरी निकालेको विज्ञप्तिमा वडा अध्यक्ष कलसबहादुर चन्दले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । वडामा आएको ६५ लाख मध्ये ६० लाख रुपैयाँ सडक निर्माणमा छुट्याएको र वडा भेलाको माग विपरित वडा अध्यक्षले बजेट खर्च गरेकाले तालाबन्दी गर्नुपरेको राप्रपाका जिल्ला सदस्य दशरथ चन्दले बताउनुभयो । यता वडा अध्यक्ष चन्दले भने वडा भेलाबाटै भएका निर्णयहरु कार्यान्वयन भैरहेको बताउनुभएको छ । उहाँले वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केही व्यक्तिले अनावस्यक रुपमा आरोप लागाएर भइरहेको विकासको कामलाई अवरुद्ध गरिरहेका छन् ।’ उहाँले केही व्यक्तिले आफूलाई ज्यानमार्ने धम्कीसमेत दिइरहेको बताउनुभयो । यस्तै वडामा तालाबन्दी गर्नेहरुलाई कारवाहीको प्रक्रियामा ल्याइने अध्यक्ष चन्दले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments