Incident Reports

शुल्कवृद्धिको विरोधमा शिक्षा विभाग घेराउ

2018-04-25

Bagmati, Bhaktapur, Madhyapur Thimi

निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा केहीबेर घम्साघम्सीसमेत भएको थियोे । प्रदर्शनमा अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुसहित विद्यार्थीहरु सहभागी थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले अविलम्ब शुल्क नघटाए शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए । शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आगामी १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments