Incident Reports

​मेयरमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न माग गर्दै मध्यपुरथिमिमा विशाल र्‍याली प्रर्दशन

2018-04-25

मध्यपुरथिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ माथि गएको शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयबासिन्दाले बुधबार महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । बुधबार मध्यपुरथिमिका स्थानीयबासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघसंस्थाहरुको प्रतिनिधिसमेतको सहभागितामा मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै स्थानीयबासिन्दाले प्रहरी वृत्त पुगेर घेराउ गरेका हुन् । मध्यपुरथिमिको बालकुमारीबाट सुरु भएको बिरोध र्याली, शंखधर चोक, चारदोबाटो, नेपाल कोरिया मैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो । प्रहरी वृत्त घेराउसँगै स्थानीयबासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको नविनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठको घरमा राखिएको सीसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयले प्रहरी आक्रोश व्यक्त गरेका छन् । स्थानीयले र्याली र प्रहरी वृत्त थिमि घेराउ गर्र्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर्, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए । ज्ञापन पत्र बुझाँउदै अर्का स्थानीय वीरेन्द्र जयनाले नगर प्रमुख श्रेष्ठलाई प्रहरीले सुरक्षा दिन नसकेको र आक्रमणकारीको पहिचान भइसक्दा पनि पक्राउ नगरेकाले थप आशंका जन्माएको बताउनुभयो । स्थानीयले बुधबार नै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापन पत्र बुझाउँदै तत्काल आक्रमणकारीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments