Incident Reports

उपाध्यक्षले नै लगाइन् गाउँपालिका कार्यालयमा ताला

2018-04-26

नौमुले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिहंले विहीवार आफ्नै गाउँपालिका कार्यालयमा ताला लगाइदिएकी छिन् । उपाध्यक्ष सिहंले आफुलाई कुनै जानकारी नदिई अध्यक्ष र कर्मचारीले एकलौटी काम गर्न खोजेको भन्दै गाउँपालिका कार्यालयमा ताला लगाएकी हुन् । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग रुष्ट उनले गाउँपालिकामा सञ्चालन भएका योजना र नीतिगत निर्णयमा पनि आफुलाई पटक पटक उपेक्षा गरिएको आरोप लगाउदै कार्यालयमा ताला लगाएकी हुन् । ‘मैले भनेको कुरा सुनुवाइ नै नहुने, अनि मैले जनतालाई के जवाफ दिने ?’, उनले आक्रोशित हुँदै प्रश्न गरिन्, ‘जनतासँग वाचा खाएर भोट लिएको छु, जे गर्न पनि तयार छु ।’ गाउँपालिकामा कर्मचारीतन्त्र हावी भएकाले जनप्रतिनिधीहरु ओझेलमा परेको उनको गुनासो रहेको छ । राजश्व परामर्श समिती संयोजक रहेकी उपाध्यक्ष सिहंले गाउपालिकाको राजश्ववारे जानकारी लिन खोज्दा अध्यक्षको निर्देशनमा कर्मचारीले नदिएको दुखेसो पोखिन् । अनुगमन समितिको संयोजक भएपनि आफुलाई थाहा नै नदिई अध्यक्ष लगायत अनुगमनमा जाने र आफुलाई खवर नगर्ने जस्ता प्रवृति देखिएकोले विरोधमा उत्रिएको उनको भनाई छ । दैनिक कार्यालयमा आउने सेवाग्राहीको काम छिटो छरितो नहुने र कर्मचारीले ढिलासुस्ती गर्ने गुनासो पनि आएपछि धेरैचोटी कर्मचारीहरुको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरेको कारण ताला लगाउनुपर्ने वाध्यात्मक परिस्थिती देखिएको उनले बताइन्। विहिवार विहान साढे १० वजेतिर उनले गाउपालिका कार्यालयमा पुगी अध्यक्ष भदे वुढा र प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुंगानाको कार्यकक्षमा ताला लगाएकी थिईन् । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा उनले ताला लगाउदा कार्यालयमा सेवा लिन आएका सर्वसाधारणहरु दिउसो १ वजेसम्म सेवा पाउनवाट वन्चित भएका थिए । उपाध्यक्ष सिंहले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने अडान लिएपछि ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले वलपुर्वक कार्यकक्षको ताला खोलेको थियो । माग पुरा नहुदै ताला खोलिएकोप्रति आक्रोशित उपाध्यक्ष सिहंले शुक्रवार पुन ताला लगाउने धम्की दिएकी छिन् । नौमुले गाउपालिकाका अध्यक्ष वुढाले उपाध्यक्षको माग जायज भएपनि आफुहरुले एकलौटी रुपमा कुनै पनि कार्य नगरी छलफल र सरसल्लाहमा गर्ने गरेको दावी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments