Incident Reports

दुनै फेरि बन्द

2018-05-02

Karnali, Dolpa, Thuli Bheri

(PR) नगरप्रमुखले ठूलीभेरी नगरपालिकाको केन्द्र सारेको भन्दै स्थानीय बासिन्दाले फेरि सदरमुकाम दुनै बन्द गराएका छन्  नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेको स्थानीयको आरोप छ । यसअघि नगरपालिकाको अस्थायी केन्द्र दुनैमा राखिएको थियो । फागुन १४ गतेको राजपत्रमा केन्द्र जुफाल कायम गरिएको भन्दै सूचना प्रकाशित भएको थियो । अहिले जुफालबाट नगरपालिकाको कामकाज भइरहेको छ । साबिकको दुनै र रह गाविसका स्थानीयले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म दुनै बजार बन्द गराएका छन् । बजार बन्द गराएका उनीहरूले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलनकारीले दुनैमा केन्द्र फिर्ता नहुँदासम्म विरोध कायम रहने बताएका छन् । गत फागुन १६ देखि नगरपालिकाका वडा १, २, ३ र ४ दुनै, थाला, लोचा, दुनै र तिप्लाका बासिन्दा आन्दोलित छन् । आन्दोलनकारीले नगरप्रमुखले गरेका हरेक निर्णयको विरोध गर्ने, नगर कार्यपालिकाको बैठकमा उपस्थित नहुने, विकासका काममा अवरोध गर्ने चेतावनी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis