Incident Reports

विद्यार्थी संगठनद्वारा पाँचथरमा शिक्षा र प्याब्सनको कार्यालयमा तालाबन्दी

2018-05-04

संस्थागत (निजी) विद्यालयमा विद्यार्थी भर्ना तथा मासिक शुल्क वृद्धिको विरुद्धमा पाँचथरका तीन ओटा विद्यार्थी संगठनहरुले शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय) र निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पाँचथरको कार्यालयमा तालाबन्दी गरेका छन् । शुल्क वृद्धिको विरोध गर्दै एमाले सम्वद्ध अनेरास्ववियु, काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी) पाँचथरले तालाबन्दी गरेका हुन् । उनीहरुले शुल्क वृद्धि फिर्ता गरिनुपर्ने, शिक्षाको नवौं संसोधन खारेज गरिनुपर्ने, शिक्षा ऐन–२०७२ कार्यान्वयन गरिनुपर्ने लगायत ५ बुदे माग सहित ताला लगाएका हुन् । विद्यार्थी संगठनहरुका मागलाई वेवास्ता गरिए चरणवद्ध आन्दोलन गर्ने अनेरास्ववियुका अध्यक्ष दिलसम कुरुम्वाङले बताए । शुल्क वृद्धि लगायत विषयलाई लिएर देशैभर विद्यार्थी संगठनहरु आन्दोलित छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments