Incident Reports

जनज्योती बहुमुखी क्याम्पसमा तालावन्दी

2018-05-18

Madhes, Rautahat, Chandrapur

चन्द्रपुर ५ जनज्योती बहुमुखी क्याम्पसमा शुक्रबार तालाबन्दी गरिएको छ । बिहिबार भएको निणय अनुशार शुक्रबार बिहान ८ बजे विद्यालय व्यबस्थापन समितिको बैठक बस्नुपर्ने भनिएको थियो , तर बैठक बस्न सकेन शो बिषयलाई लिएर शुक्रबार पनि स्वतन्त्र विद्यार्थी युनियनले जनज्योति बहुमुखि क्याम्पसका प्रमुख दुर्गा दाहालको कार्यकक्षमा तालाबन्दी गरेको हो । क्याम्पस प्रमुख दाहालले विद्यार्थीको भबिष्यमाथी खेलबाड गरेको भन्दै बिद्यार्थी युनियनका सभापती संगम श्रेष्ठको नेतृत्वमा शुक्रबार पनि तालाबन्दी गरिएको सभापति संगम श्रेष्ठले बताए ,उनले यस बिषयको छिनोफानो नभएसम्म दाहालको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी हुने पनि जनाएका छन् । बिएड तेस्रो बर्षको परिक्षामा एउटा विषय पढाएर अर्को विषयको परिक्षा दिन बाध्य बनाएको र बारम्बार बिद्यार्थीको भबिस्यमाथी खेलबाड गर्ने क्याम्पस प्रमुखलाई ब्यबस्थापन समितीका अध्यक्ष शशी बिनोद् काफ्लेले राजनितिक आड्मा मनपरी गर्न छुट दिएको आरोप सभापति श्रेष्ठले लगाएका छन । क्याम्पस प्रमुखको मनपरी बढ्दै गएका कारण पनि तालाबन्दी गर्नुको विकल्प नरहेको सभापती श्रेष्ठको भनाई छ । क्याम्पसमा लगायको ताला क्याम्पस प्रमुख दहालको राजिनामा नआयसम्म नखोल्ने तथा आफुहरुको माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत श्रेष्ठले दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Kanchanpur

0 Comments