Incident Reports

उपचार खर्च र क्षतिपूर्ति माग गर्दै विद्यालय घेराउ

2018-05-28

Province 1, Sunsari, Ramdhuni, Ward 4

जनता माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रामधुनी नपा-४ का १३ वर्षीय निखिल चौधरीलाई सोही विद्यालयका सह-प्रधानाध्यापकले कुटपिट गरेका कारण गोलीगाँठो खुस्किएको भन्दै पीडित पक्षले विद्यालय घेराउ गरेको छ । पीडित पक्षसहित स्थानीयले जेठ १४ गते रामधुनी नपा-४ सिङ्गियास्थित जनता माध्यमिक विद्यालय घेराउ गरेका हुन् । उनीहरूले बालकको उपचार खर्च र क्षतिपूर्ति दिनसमेत माग गरेका छन् । घटनाको विरोधमा उत्रिएका अभिभावकले सत्यतथ्य छानबिन गरी विद्यार्थी कुट्ने सहप्रधानाध्यापक देवनारायण चौधरीलाई कारबाही गर्न माग गरेका छन् । छोराको गोडाको गोलीगाँठो खुस्किएको र उनलाई हिँडडुलमा समस्या भएको पीडितकी आमा बुधनी चौधरीले बताइन् । सुरूमा बालकले घटना लुकाएर राखेको र पछि दुखाई बढेपछि गोडाको गोलीगाँठो खुस्किएर घाइते भएको थाहा पाएको आमा बुधनीको भनाई छ । विद्यालय बाहिर झगडा गरेको भन्दै जेठ ११ गते सहप्रधानाध्यापक देवनारायणले बाँसको भाटाले कुटपिट गरेको पीडित बालकले बताए । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरी गोडामा प्लास्टर गरिएको छ । सहप्रधानाध्यापक चौधरीले पहिलेदेखि नै विद्यार्थीलाई यसरी नै कुटपिट गर्ने गरेको स्थानीय रामसिंह चौधरीले बताए । आरोपित सहप्रधानाध्यापक चौधरीले शिक्षण पेशमा लागेको ३० वर्षभएको र यो घटना मात्र दुःखदायी भएको बताए । उनले विद्यार्थीलाई तर्साउन खोज्दा दुर्घटना हुन गएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments