Incident Reports

अनेरास्ववियू क्रान्तिकारीको समूहद्वारा उच्च मावि र क्याम्पसमा आक्रमण, एक जना विद्यार्थी घाइते

2018-06-04

Bagmati, Dhading, Nilakantha, Ward 3

नीलकण्ठ नगरपालिका-३ धादिङबेसी स्थित नीलकण्ठ बहुमूखी क्याम्पस र नीलकण्ठ उच्च माविमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले जेठ २१ गते विद्यालयमा आक्रमण गर्दा एक विद्यार्थी घाइते भएका छन् । ५/६ जनाको समूहले विद्यालयमा ढुङ्गामुढा गरी आक्रमण गरेको थियो । आक्रमणबाट कक्षाकोठाभित्र रहेकी स्नातक तह प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया कविता श्रेष्ठ घाइते भएको क्याम्पस प्रमुख नवराज शर्माले बताए । क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको र पठनपाठन समेत भइरहेको बेला आक्रमण भएको थियो । आक्रमणबाट दुई थान कम्प्यूटर, तीन थाप प्रिन्टर, दुई थान कूर्सी, एक थान टेलिफोन सेट, आठ ओटा झ्यालका सिसा फुटेर क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ । घटनापछि नीलकण्ठ क्याम्पस बन्द गरिएको छ । सो सङ्गठनले मूल्य वृद्धिको विरोधमा शैक्षिक हड्तालको आह्वान गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total damaged Buildings 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan

0 Comments