Incident Reports

तस्करसँग पैसा लिँदै गर्दाको फोटो खिच्दा पत्रकारमाथि प्रहरीले गरे हातपात

2018-06-04

तस्करसँग पैसा लिईरहेको प्रहरीको फोटो खिच्दा एक पत्रकारमाथि प्रहरीले हातपात गरेको छ । फोटो किन खिचेको भन्दै प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले नेपाल टेलिभिजनका महोत्तरी सम्बाददाता राजिव राय कुर्मीमाथि सोमबार बेलुकी हातपात गरेका हुन् । जिल्लाको सम्सी गाउँपालिकाको बजार क्षेत्रमै बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको बेला फोटो खिचेका पत्रकार कुर्मीलाई तत्कालै त्यहाँ आइपुगेका इलाका प्रहरी कार्यालय सम्सीका हवल्दार बस्नेतले धकेल्नुका साथै कठालो समातेर मोबाइल खोस्ने र फोटो डिलिट गर्न प्रयास गरेको पत्रकार कुर्मीले बताउनुभयो । कुर्मीले आफू पत्रकार भएको बताएपछि बस्नेतले कठालो छोडेका थिए । महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाबारे सत्यतथ्य पता लगाउने काम भइरहेको र घटनामा संलग्न प्रहरीलाई जलेश्वर बोलाएको जानकारी दिनुभयो । दोषी पाइए प्रहरीमाथि कारबाही हुने पनि उहाँले बताउनुभयो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि तत्काल घटनाबारे बुझ्ने बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments