Incident Reports

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

2018-06-06

Lumbini, Rukum East, Putha Uttarganga

१२ कोलमा स्थापना गरिएको थियो। गाउँपालिकाको केन्द्र तकले समेत दाबी गरेकाले पुसको १४ को गाउँ सभाले केन्द्र सार्ने निर्णय गरेको थियो। उक्त निर्णय लामो समयदेखी कार्यान्वयन नभएको भन्दै आपूmहरु आन्दोलित हुन बाध्य भएको उनीहरुको भनाई छ। तक र कोलको विषयमा पनि आन्दोलन भएको र उक्त आन्दोलन समाधान गर्न गाउँसभाले बिर्गुममा सार्ने निर्णय गरेको अध्यक्ष घर्तीले जानकारी दिए। उनका अनुसार उक्त निर्णयमा ७२ हस्ताक्षर गरेका थिए। ‘गाउँपालिकाको केन्द्रका लागि कोल र बिर्गुम दुवै स्थान पायक पर्दैनन्’ अध्यक्ष घर्तीले भने, ‘तर पायक पर्ने भन्दा बिवाद समाधान गर्न यस्तो निर्णय गरिएको हो।’ अब पुनः गाउँकार्यपालिकाको वैठकले निर्णय गर्ने उनले जानकारी दिए। ‘पहिलो चरणमा सहमतिमा केन्द्र बिवाद समाधान गर्छाै’ उनले भने, ‘त्यो हुन नसके प्रक्रियामा जान्छौ।’ दुई तिहाई बहुमतबाट यो विवाद समाधान गर्ने उनी बताउँछन्। उक्त स्थान सबै जनताको पायक पर्ने ठाउँ नभएकाले केन्द्र सार्नु पर्ने यहाँका बासिन्दाहरुको भनाई छ। स्थानीयले भने गाउँपालिकाले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन्। राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र तत्कालिन गाविसको कार्यालयमा केन्द्र तोकेको छ। सोही अनुसार कोलमा केन्द्र स्थापना गरिएको थियोuttarga यता कोलका वासिन्दाहरुले भने कोल सबैका लागि सहज पर्ने स्थान भएकाले केन्द्र कोलमै हुनु पर्ने तर्क गर्छन। बहुमत नपु¥याएर गाउँकार्यपालिकाले निर्णय गरेको हुँदा उक्त निर्णय कार्यान्वय नहुने कोलका स्थानीय जुनप्रसाद बुढाले बताए। सर्वाेच्चले समेत अर्काे व्यवस्था नगर्दासम्म कोलमा कामकाज गर्ने भनि आदेश दिएको उनले जानकारी दिए। गाउँकार्यपालिकाले जबरजस्ती बहुमत नपु-याएर गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेको कोलबासीको भनाई छ। कार्यालय बिर्गुममा लिनका लागि यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए। उनीहरुले कार्यालय समेत घेराबन्दी गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis