Incident Reports

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अर्धनग्न जुलुस

2018-06-10

Sudurpashchim, Bajhang, Jaya Prithivi

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले बझाङको सदरमुकाम चैनपुरमा अर्धनग्न जुलुस प्रर्दशन गरेको छ । देशमा पेट्रोलियम पदार्थको मूल्य हप्तै पिच्छे सरकारले बढाउन थालेको भन्दै एक हप्ता देखि आन्दोलन गरी रहेको नेविसंघले आन्दोलनको स्वरुप परिवर्तन गर्दै विरोध गरेको हो। गएको हप्ता देखि चरणबद्ध आन्दोनल गरिरहेका नेविसंघ निकट विद्यार्थीहरुले अर्धनग्न भएर सिठी जुलुस गरेका हुन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य बद्धि गरेको र बजेट भाषण लगतै अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि अप्रत्यासित बृद्धि भएको भन्दै आन्दोलन गरेका हुन् । महङ्गीले सर्वसाधारण जनता मारमा परेकोले आन्दोलन गर्नु परेको नेविसंघका नेता खगेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांकेतिक रुपमा हामीले आन्दोलन गरी रहेको छौं, सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलनका कार्यक्रमहरु बढाउँदै जाने छौं ।’ उहाँले नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य बृद्धि गरेका बताउदै गरिब जनताको ढाढ सेक्ने काम भएको बताउनुभयो । नेविसंघले मुल्य बृद्धिको विरोधमा आगामी २९ गते मसाल जुलुस र ३१ गते प्रधानमन्त्रीको पूत्ला दहन गर्ने कार्यक्रम समेत तय गरेको छ । नेपाल आयल निगमद्वारा प्रति लिटर पेट्रोललाई एक सय १३ रुपैयाँ डिजेलको प्रति लिटर ९५ रुपैयाँ तोकेसँगै अहिले देशका विभिन्न जिल्लामा नेविसंघले मूल्य बृद्धिको चर्को रुपमा विरोध गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments