Incident Reports

अनशनरत गंगामायाको माग बारे प्रधानमन्त्री र मानवअधिकार आयोगका अध्यक्षबीच छलफल

2018-06-14

Bagmati, Kathmandu, Kathmandu

पछिल्लोपटक आमरण अनशन थालेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको माग बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग परामर्श गरेका छन् । बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री ओली र अध्यक्ष शर्माबीच छलफल सुरु भएको हो । बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन सजाय मिनाह गरी कारागार मुक्त गरेसँगै गंगामायाले पुन: आमरण अनशन सुरु गरेकी थिइन् । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई वीर अस्पतालको विशेष शैय्यामा राखेर उपचार भइरहेको छ ।

0 Comments

Related Reports