Incident Reports

नेविसंघका केन्द्रिय सदस्य पटेल सहित चार बिध्यार्थ्यी नेता घाइते्

2018-06-07

प्रहरीले गरेको बल प्रयोगबाट नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सुधिर पटेल सहित चार बिद्यार्थी नेता घाइते भएका छन्। बिरगंजको माइस्थानमा बिहिबार बेलुका पर्सा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरी बल प्रयोग गर्दा केन्द्रीय सदस्य पटेल सहितका बिद्यार्थी नेत्रा घाइते भएका हुन्। प्रहरीले गरेको बल प्रयोगबाट नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, नेविसंघ पर्साका संयोजक दिलिप कार्की, नेविसंघ पर्साका जिल्ला सदस्य बद्री नारायण तिवारी र विद्यार्थी नेता अरविन्द दुवे घाइते भएका छन्। घाइते चारै जनाको वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भएको छ। घाइते बिद्यार्थी नेताहरुलाई अस्पताल भेट्न पुगेका नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय दिवेदीले पूर्व घोषित शान्तिपूर्ण कार्यक्रममा प्रहरीले बल प्रयोग गर्नुले राज्य निरंखुश बन्दै गएको आभास दिएको प्रतिक्रिया दिनु भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Local Newspaper - Parsa

0 Comments