Incident Reports

सुर्खेतमा प्रधानमन्त्रीको पुतला जलाइयो विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २ घाइते, १ गिरफ्तार

2018-06-14

Karnali, Surkhet, Birendranagar

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बिसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गर्ने क्रममा साँझ करिब ५ बजे वीरेन्द्रचोकमा भेला भएका विद्यार्थीमाथि प्रहरीले सुरुमै अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यसपछि प्रदर्शन गर्दै हटियालाइनस्थित पार्टी कार्यालय पुगेका विद्यार्थीलाई प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेतृत्वको टोलीले भवनभित्रै पसेर पक्राउ गर्न खोजेको थियो । पार्टी सभापति कमलराज रेग्मी, नेता विष्णुबहादुर खड्कासहितको टोली प्रतिकारमा उत्रेपछि प्रहरी पार्टी कार्यालय परिसरबाट बाहिरिएको थियो । नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इकाई अध्यक्ष यज्ञबहादुर राम्जालीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको विद्यार्थीमाथि सरकारले तानाशाही शैलीमा दमन गर्न खोजेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments