Incident Reports

दाङको गढुवामा प्रहरी र स्थानीयबीच झडप १५ जना घाइते

2018-06-15

Lumbini, Dang, Gadhawa, Ward 6

६ गढुवा बजार निवासी २२ बर्षीय भरतप्रताप यादवको स्थानीय एकजना १५ बर्षीया किशोरी संग तीन महिना अगाडि विहे भएको थियो । तर केटी पक्षले गत जेठ २७ गते आफ्नी छोरी माथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाए पछि केटा पक्षले त्यसको विरोध गरेका छन्। केटाका आफन्त तथा स्थानीयले सुनियोजित तरीकाले भरतप्रतापलाई फसाइएको भन्दै तत्काल उनको रिहाईको माग गर्दै शुक्रवार मध्यान्ह १२ बजेदेखि साढे ५ बजेसम्म ईप्रका गढुवा घेराउ गर्दै प्रर्दशन गरेका छन् । बेलुका पख स्थानीय जनप्रतिनिधी सहित प्रर्दशनमा उत्रिएका व्यक्ति र पिडित पक्ष दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कहाँ घोराही गएपछि प्रर्दशन रोकिएको हो । सर्वसाधारणले ढुङ्गा मुढा गर्दै प्रहरी प्रशासनका विरुद्ध चर्का नारावाजी गरेका थिए । उनीहरुले बजार बन्द गराउनुका साथै टायर बालेर प्रर्दशन गरेका थिए । तीन महिना अघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जवरजस्ती करणीको मुद्दा दर्ता गरेर फसाउने खोजेको आरोप केटा पक्षले लगाउने गरेको छ । झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने केटा पक्षले चेतावनी दिएका छन् ।उत्पन्न समस्या समाधानका पक्षमा दुबै पक्षसंग संवातको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 15
Other Sources

0 Comments