Incident Reports

गामायाको जीवनरक्षाका लागि धर्ना

2018-06-17

Bagmati, Kathmandu, Kathmandu

RSS गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै धर्ना दिएको हो। द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनसनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको जानकारी दिए। धर्नामा मानव अधिकारकर्मीहरु, चरण प्रसार्इं, कनकमणि दीक्षित, प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीलगायत मानव अधिकारकर्मीको उपस्थिति थियो। गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो। छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो। उनको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports