Incident Reports

भूमाफियाविरुद्ध गौरमा धर्ना

2018-06-25

Madhes, Rautahat, Gaur

वर्षौदेखि सार्वजनिक स्थलका रुपमा प्रयोग गरिरहेको जग्गामा भूमाफियाले आँखा लगाएपछि रौतहटका स्थानीयबासी आक्रोशित बनेका छन् । सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको सार्वजनिक जग्गा विक्री गर्ने उदेश्यका साथ भूमाफियाहरु सक्रिय भएपछि स्थानियले विरोध गरेका हुन् । गौर राइस मिल २०२६ सालमा बन्द भएपछि झण्डै ६ बिघा जग्गा हत्याउन चलखेल भइरहेको छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६/१२/२९ मा मन्त्रिपरिषदबाटै जग्गा अधिग्रहण गर्ने निर्णय गराएका पनि थिए । तर, सर्वोच्च अदालतबाट निर्णय बदर भयो । त्यसपछि गौर नगरपालिकाले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको थियो । २०७१ अषाढ ३० गते गौर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत र प्रमुख जिल्ला अधिकारीको पहलमा जग्गा नापजाच गरी ५ बिघा १९ कठ्ठा १५ धुर जग्गाको मूल्यांकन रजिष्ट्रेशन दस्तुर समेत गरी १४ करोड ७ लाख ९७ हजार निकासा गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, अहिले फेरि जग्गा किनबेेचको प्रयास सुरु भएको छ । यसका लागि स्थानीयबासी र राजनीतिक दलका नेताहरुलाई समेत प्रभावमा पार्ने प्रयास भइरहेको छ । जिल्ला क्रिकेट संघ तथा गौरका सचेत युवाहरुले भने संघर्ष समिति नै बनाएर विरोध गरेका छन् । संघर्ष समितिका सदस्यहरु खेल मैदान संरक्षण गर्न माग गर्दै गौर नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । सार्वजनिक जग्गालाई विक्री गर्न खोज्नेहरु गौरको दुश्मन भएको नेकपाका युवा नेता शम्भू साहले बताए । गौर नगरपालिकाले भने जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताएको छ । अधिग्रहणका लागि मन्त्रालय र अन्य दातृ निकायबाट रकमको जोहो गर्ने काम भइरहेको मेयर अजय गुप्ताले बताए । जग्गालाई अधिग्रहण गरेर सुविधा सम्पन्न रंगशाला बनाउने योजना रहेको भन्दै उनले जग्गाधनिले प्रमाण पुर्‍याएर मुआब्जा माग्न आए दिन १५ करोड रुपैयाँ जोहो गर्न खोजिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments