Incident Reports

होस्टलमा नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास, विद्यार्थीहरु आन्दोलित

2018-06-25

Lumbini, Rupandehi, Butwal

रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेज (नर्सिङ कलेज) प्रशासनले विद्यार्थीमाथि दुव्र्यबहार गर्नुका साथै पठनपाठन बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर) जान पाउने नियमबाट विद्यार्थीहरुलाई बञ्चित गरिएको र यसबारे प्रश्न उठाउँदा दुर्व्यवहार भएको विद्यार्थीहरुको गुनासो छ । मोबाइल चलाउन र शनिबार घर जान नपाएपछि एक जना छात्राले छात्राबासको बाथरुमभित्रै हात काटेर आत्महत्या प्रयास गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच विवाद चर्किएको छ । कलेज प्रशासनको मनोमानी र दुर्व्यवहारका कारण विद्यार्थीले आत्महत्या प्रयास गरेको भन्दै छात्राहरुले होस्टल वार्डेनको राजीनामा र नियमअनुसार विदाको दिन मोबाइल चलाउन र घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । त्यही बाहनामा कलेज प्रशासनले सोमबारदेखि कलेजको पठनपाठन र होस्टेल अनिश्चितकालाका लागि बन्द हुने सूचना टाँसेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन् । ‘विद्यार्थीका माग र समस्या सम्बोधन गर्नुको साटो कलेज नै बन्द गर्नु प्रशासनको मनपरी र विद्यार्थीमाथिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो’एक छात्राले नाम उल्लेख नगर्न आग्रह गर्दै अनलाइनखबरसंग भनिन् ‘होस्टेल वार्डेन,एकाउन्टेन्ट लगायत कर्मचारीको दुर्व्यवहारका कारण एकजना साथीको झण्डै ज्यान गएन, यस्तो हुँदा सुध्रिनुको साटो झन् मनपरी भएको छ ।’ कलेजका प्रबन्ध निर्देशक चेतन भण्डारीले विद्यार्थीका कतिपय माग जायज भएको र कलेज प्रशासनबाट गल्ती भएको स्वीकार गर्दै वार्ताबाट समस्याको समाधान गरिने बताए । उनले विद्यार्थीहरुलाई लिखित माग पेश गर्न आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments