Incident Reports

गाउँपालिकाका कार्यकारी अधिकृतलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा दुर्व्यवहार

2018-06-27

साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको र राहतमा आएको चामल यार्सागुम्बा टिप्ने व्यक्तिहरूलाई विक्री गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार १३ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार क्वीन्टल चामलमध्ये १ हजार ५ सय क्वीन्टल चामल यार्सागुम्बा टिप्न गएका व्यक्तिहरूलाई राईढुङगी बनमा लगेर विक्री गरेको र चामलबाट आएको रकमको समेत हिसाब नदेखाई लाखौँको भ्रष्टाचार गरेको आरोप लागाइएको छ । सो पार्टीका बझाङ जिल्ला जनपरिषद प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिएको भए पनि नमानेपछि चेतावनी स्वरूप मोसो दलेको प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी प्रेम कुँवरले जोशीलाई मोसो दलेको भन्ने कतिपय ठाउँबाट खबर पाएको भए पनि आधिकारिक जानकारी नभएको बताए । साइपाल गाउँपालिकाले घटनाको विरोध गर्दै सङ्लग्नहरूलाई कारबाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Other Sources , INSEC , Local Newspaper - Kailali

0 Comments