Incident Reports

भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष अनशनमा

2018-07-01

Madhes, Mahottari, Gaushala

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन्। नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२:१५ बजेदेखि रिले अनशनमा बसेका छन्। नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी आफूले नियमसंगत सबै कामकाज गर्दै आएको, आर्थिक अनुशासनको अक्षरशः पालन गरेको र कुनै किसिमको भ्रष्टाचार नगरेको जिकिर गरे। इ चौधरीले कानूनको परिधिभित्रै रहेर नेपाल सरकारकै आदेशानुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जिनीयरका रुपमा बसेर कामकाज गरिरहेको उनले बताए। उनले अनशनकारीसँग वार्ताका लागि आह्वान पनि गरे। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments