Incident Reports

न्याय मर्न नदेऊ

2018-06-30

Nepal

भूपेन्द्र बस्नेतले भने । उनका अनुसार गंगामायाको रगतको रुटिन परीक्षण प्रतिवेदन सामान्य देखिएको छ । संवेदनशील हुन आयोगको आग्रह मानव अधिकार आयोगले गंगामायाको जीवनरक्षाका लागि संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । आयोग अध्यक्ष अनुपराज शर्माले बिहीबार गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटमा ३० दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै संवेदनशील हुन आग्रह गरेका हुन् । उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपीलाई कूटनीतिक पहल वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरे । प्रत्युत्तरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार संवेदनशील भएको उल्लेख गर्दै दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गर्ने प्रतिबद्धता जनाए । प्रहरी महानिरीक्षक खनालले रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए । यसैबीच नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियन्डले गंगामायाको जीवनरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उनले नेपाल सरकार, मानव अधिकारसम्बन्धी संघसंस्था र अन्य सरोकारवालालाई भेटी गंगामायाको जीवनरक्षाका लागि आग्रह गरेका हुन् ।

0 Comments

Related Reports