Incident Reports

समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार

2018-07-11

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर ‘मापदण्ड विपरीत’ भएको भन्ने विषयमा भिडियो फुटेज लिने क्रममा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । असार २७ गते कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङ, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालालगायतको उपस्थितिमा समाचार सङ्कलन गर्ने क्रममा सञ्चालक श्रेष्ठले पत्रकार अधिकारीको क्यामेरा फुटाउनुका साथै दुर्व्यवहार गरेको पीडितको आरोप छ । घटना लगत्तै नेपाल पत्रकार महासङ्घ कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषी उपर कारबाही गर्न तथा तोडफोड गरिएको क्यामेराको क्षतिपूर्तिको व्यवस्था र पत्रकारको भौतिक सुरक्षाको सुनिश्चितता गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीमाथीको घटनाले पत्रकार असुरक्षित महसुस गर्नुका साथै आगामी दिनमा त्यस प्रकारका घटना नदोहोर्‍याउन सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध गरिएको छ । अनुगमन टोलीले सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटरमा कोलीर्फम भेटाएपछि कम्पनी सिलबन्दी गर्नुका साथै सञ्चालक कपिलकिरण श्रेष्ठलाई असार २७ गते नै गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले श्रेष्ठले जनताको स्वास्थ्यमाथि खेलवाड गरेका कारण कम्पनी सिलबन्दी गरी अनुसन्धान गरिरहेको जानकारी दिए । डिएसपी गुरुङले पीडित पत्रकार र आरोपितबिच असार २८ गते छलफल गर्ने र त्यसपछि कारबाहीको प्रकृयिालाई अगाडि बढाउने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments