Incident Reports

नगर कार्यालय सार्ने क्रममा झडप हुँदा इन्सपेक्टर धामी घाइते

2018-07-14

शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरीक्षक घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङगल नगरपालिका–४ बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा विवाद भई ढुङगामुढा हुँदा प्रहरी निरीक्षक जनक धामी घाइते भएका हुन् । नगरपालिकाको कार्यालय मेयर धनबहादुर बिष्टले हचुवाको भरमा सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीय नेकपाका नेता हरि कुँवरले बताए । दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँवरसहित ४ जना पनि घाइते भएको उनले बताए । जिल्लाको बुङगल नगरपालिकाले गरेका निर्णय तथा आर्थिक अनियमितता विरुद्ध स्थानियले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटनास्थल पठाएको उनको भनाइ छ । रातोपाटी संवाददाता
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis