Incident Reports

विद्यार्थीले थुने क्याम्पस प्रमुखसहित ५ जनालाई

2018-07-08

Province 1, Morang, Biratnagar

तीन विद्यार्थी संगठनले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसका प्रमुखसहित पाँच जनालाई थुनेका छन् ।शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिमिल्सिना,सहायक क्याम्पस प्रमुखहरु मोहन कुमार श्रेष्ठ,तारा प्रसाद यादव,सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्दरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा थुनिदिएका थिए। अनेरास्ववियु,अखिल क्रान्तिकारी र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुख कार्यकक्षमा पाँच जनालाई बिहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका थिए । क्याम्पस प्रशासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन र ब्याचलर इन एडमिनिस्ट्रेशन विषयमा एक सेमेस्टरका लागि तीन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुखसहितका पदाधिकारीहरुलाई थुनेका हुन् ।क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमती नभएसम्म ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नविन पहाडीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments