Incident Reports

बागवाणी अधिकृत पाण्डेलाई नेकपा कार्यकर्ताको मोसो

2018-07-18

Sudurpashchim, Doti, Shikhar

यहाँको शिखर नगरपालिकास्थित कृषि इकाईमा कार्यरत बागवानी अधिकृत कृष्णदत्त पाण्डेलाई मोसो दलिएको छ । नेत्रविक्रम चन्द नेतृत्तवको नेपाल कम्युनिस्ट पार्टीसम्वद्ध जनपरिषद्का कार्यकर्ताले बुधबार बिहान कार्यालय समयमा पाण्डेलाई मोसो दलेका हुन् । पाण्डेले बीऊ, मल र कृषि सामाग्रीमा भ्रष्टाचार गरेको भन्दै चार–पाँच जनाको समुहमा रहेको एक समुहले पाण्डेको कार्यकक्षमै पसेर मोसो दलिएको हो । घटनापछि जनपरिषद्का कार्यकर्ताले छोडेको पर्चामा मिक्स बीऊ तरकारी ७५ हजारमा खरिद गरेर तीन लाखको भरपाई बनाएको आरोप लगाइएको छ । त्यसैगरी भटमास र युरिया १ लाख बराबरको ल्याएर कृषकहरुलाई वितरण नगरेको अर्को आरोप पनि लगाइएको छ । किसानलाई अनुदानमा दिनुपर्ने बीउ बिजन पनि आधा वितरण गरेको, एक करोड २० लाख रकममा ३५ लाख मात्रै काम गरेको र अरु रकम पनि हिनामिना गरेको बताइएको छ । मोसो लगाउने व्यक्तिहरुको नाम, ठेगाना भने खुलेको छैन । पाण्डेले भने कुनै किसिमको अनियमितता नगरेको बताएका छन् । सबै काम नियमसंगत र नगरमा आएको कोटा अनुसार गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments