Incident Reports

विप्लव नेतृत्वको नेकपाद्वारा वडा अध्यक्षको राजिनामा दिन ‘धम्की’

2018-07-17

Lumbini, Gulmi, Chatrakot, Ward 4

नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् गुल्मीले छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउँदै राजिनामा दिन पत्रमार्पmत ‘धम्की’ दिएको छ । जिल्ला जनपरिषद् प्रमुख प्रशान्त बरालद्वारा साउन २ गते जारी विज्ञप्तिमा स्थानीय तहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै वडा अध्यक्षको राजिनामा माग गरेको हो । विज्ञप्तिमा वडाध्यक्ष न्यौपानेले नक्कली विकासको किर्ते कागजपत्र मिलाई ९ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको जनताले प्रमाण दिएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । परिषद् प्रमुख बरालले विज्ञप्तिमार्फत आफूहरूको आग्रहलाई बेवास्ता गरिए जनताद्वारा हुने जस्तोसुकै परिस्थितिको सामाना गनुपर्ने चेतावनी समेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments