Incident Reports

मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

2018-07-21

Bagmati, Chitawan, Rapti

दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ । राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलियाले लागत मूल्य नपाइरहेको अवस्थामा विभिन्न बहाना बनाएर दूधको मूल्य घटाएकाले बाध्य भएर दूध पोख्नुपरेको दुखेसो गरे । मूल्य घटाएको विरोधमा सांकेतिक रुपमा शुक्रबार किसानले यहाँको सडकमा २४० लिटर दूध पोखेका थिए । किसानका समस्यामा ध्यान नदिए कडा आन्दोलन गर्नेसमेत किसानले बताएका छन् । उहाँका अनुसार राप्तीमा रहेका छ वटा सहकारीले सामूहिक रुपमा दूध सडकमा पोखेका हुन् । यहाँ भण्डारा, परेवाश्वरी, शहीद बलराम, भगवती, नवउद्यमी र जनमुखी दुग्ध उत्पादक सहकारी संघले दूध संकलन गरेर डेरी उद्योगलाई पठाउँदै आएको छ । कुनै छलफल नै नगरी किसानलाई मार पार्ने गरी दूधमा रु तीन प्रतिलिटरका दरले मूल्य घटाएको किसानले आरोप लगाएका छन् । यसअघि पनि निजी डेरीले करीब रु दुई दूधको मूल्य घटाएका थिए । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले सस्तोमा पाउडर दूध आयात गरेकाले यसरी किसानको दूधमा मूल्य घटाएको आरोप लगाउनुभयो । अहिले दूधबाट पाउडर बनाउनुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर दूधको मूल्य घटाउनुपरेको डिडिसीले प्रतिक्रिया दिएको भन्दै उप्रेतीले त्यो भनाइ सही नभएको दाबी गरे । यो विषयमा आगामी साउन ८ गते बैठक बोलाइएकाले त्यसको निर्णयानुसार मन्त्रालयमा डेलिगेसनलगायत आन्दोलनका कार्यक्रम गरिने उप्रेती बताउँछन् । यहाँ व्यावसायिक रुपमा पशुपालन गर्ने किसानले भने दूधको लागतसमेत उठाउन नसकेको बताउँदै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan , Local Newspaper - Parsa

0 Comments