Incident Reports

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

2018-07-22

Gandaki, Kaski, Pokhara Lekhnath

बसन्त गौतमले सरकारले स्वास्थ्य क्षेत्र सुधार्न खोज्नुको साटो सुधारको माग राख्नेलाई समेत हतोत्साही बनाउन खोजेको बताए । उनले नागरिकका साना मसिना समस्या समाधान गर्न छाडेर ठूला सपना सरकारले बाँडेको बताए । ‘नागरिकले फोहर पानी पिउन बाध्य भएका छन् । तर, प्रधानमन्त्री रेलमा मिनरल वाटर बेच्ने भनेर भाषण गरिरहेका छन,’ उनले भने, ‘यसैले बुझाउँछ, सरकारको काम गराई शैली कस्तो छ भनेर।’ अर्का अभियन्ता सिरोज कोइरालाले सरकारले केसीका माग सुनुवाई गर्न बेवास्ता गरेकोले दवाव दिनका लागि सहभागिता जनाएको बताए । उनले सरकारको कामगराई शैलीले जनताले राहत नभई आहत पाउने बताए । ‘केसीका मागलाई पुरा गर्न सरकारले वेवस्ता गरेको छ,’ उनले भने, ‘जनस्वास्थ्यमा खेलवाड नगर भन्दा पनि माफियाको पछि लागेर अघि बढिरहेको छ ।’ सहभागिहरुले केसीका माग जतिसक्दो पुरा गर्न दवाव दिएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments