Incident Reports

नगर प्रमुखमाथि कारबाहीको माग गर्दै चक्काजाम

2018-07-22

Madhes, Siraha, Lahan

नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयबासीले आइतबार बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन्। नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ। स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन्। चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए। स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो। नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए। नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat , Local Newspaper - Parsa

0 Comments