Incident Reports

सशस्त्र प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते, उपचार जारी

2018-07-26

Province 1, Sunsari, Harinagara

सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ र ७ घुस्कीका स्थानीयहरू र सशस्त्र प्रहरीबीच साउन ९ गते साँझ भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर हरिनगर नपा–६ घुस्कीका ४६ वर्षीय कैजुम मियाँ र सोही ठाउँकी २५ वर्षीया महिजान खातुन घाइते भएको सशस्त्र प्रहरीका डिएसपी देवराज विष्टले बताए । गम्भीर घाइतेद्वयको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ । ९ गते साँझ बाख्रा चराएर फर्किँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीका एक जवानले बलात्कारको प्रयास गरेपछि स्थानीय आन्दोलित बनेको जनाइएको छ । सोही क्रममा सशस्त्रले आत्मरक्षाका लागि ७ राउण्ड हवाई फायर गरेको डिएसपी विष्टले बताए । तर, स्थानीयले भने अश्रु ग्यास र २० राउण्ड गोली फायर गरेको दावी गरेका छन् । यसैबीच सो क्षेत्रमा सशस्त्र प्रहरीका डिएसपी विष्ट र नेपाल प्रहरीका डिएसपी नारायणप्रसाद चिमौरियाको कमाण्डमा ९० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा दुई पक्षबीच वार्ता भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation APF
Actor 2 - Youth unknown
Total Injured 2
INSEC , Local Newspaper - Morang

0 Comments