Incident Reports

विद्यार्थी आन्दोलनका कारण एक महिनादेखि पठनपाठन बन्द

2018-06-27

नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको आन्दोलनका कारण डडेल्धुरा जिल्ला सदरमुकामस्थित शिक्षा क्याम्पसमा एक महिनादेखि पठनपाठन बन्द भएको छ । बन्दका कारण सो क्याम्पसमा अध्ययनरत ३ सय विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । क्याम्पस प्रशासनले आफू निकटका व्यक्तिलाई प्रक्रिया पूरा नगरिकनै कर्मचारी भर्ना गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनका कारण पठनपाठन बन्द भएको अनेरास्ववियूका विद्यार्थी नेता पुष्कर देउवाले बताए । आफूहरूले प्रक्रियागत र निष्पक्ष रूपमा कर्मचारी भर्ना गर्न क्याम्पस प्रशासनलाई बारम्बार अनुरोध गर्दै आएको भए पनि प्रशासनले पहल नगरेका कारण असार ५ गतेदेखि क्याम्पस बन्द गरी आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी सङ्घका नेता विरेन्द्र धामीले बताए । आन्तरिक विवादलाई समयमै सुल्झाएर क्याम्पसमा लागेको ताला खोलेर पढने वातावरण सिर्जना गरिदिन विद्यार्थी जानकी साउदले आग्रह गरिन् । तालाबन्दीले गर्दा आफूहरूको पठनपाठन अवरूद्ध भएको र परीक्षा पनि नजिक आइरहेकाले क्याम्पसमा लगाएको ताला खुलाई पठनपाठन सहज बनाउनु पर्ने उनको भनाई छ । क्याम्पस प्रमुख गङ्गादत्त उप्रेतीका अनुसार क्याम्पसमा पठनपाठन सुरू गर्नका लागि आन्दोलनरत विद्यार्थी नेताहरूसँग समय समयमा छलफल गरिएको भए पनि समस्या सामाधान हुन सकिरहेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments