Incident Reports

खेतीयोग्य जमीन बिनाश गरेको भन्दै किसानहरू आन्दोलित

2018-07-12

Madhes, Sarlahi, Chandranagar

सर्लाहीको चन्द्रपुर गाउँपालिकाले विकासको नाममा खेती योग्य जग्गालाई विनास गरेको भन्दै किसानहरु आन्दोलित भएका छन्।गाउँपालिकाले खेतीयोग्य जमिनबाट मापदण्ड विपरित झन्डै १०-१० फिट गहिराइ र चौडाई माटो काटेर सडक बनाएपछि किसानहरु आन्दोलित भएका हुन्। पिडित किसानहरुले बिहीबार चन्द्रनगर गाउपालिकामा विरोध प्रदर्शन गरेका छन् । अधिकांश सडक बनाउँदा किसानहरुलाई जानकारी र छलफल समेत नगरी गाउँपालिकाले मनपरी जग्गा अतिक्रमण गरेर खेतलाई बर्बाद गरेको उनीहरुको गुनासो छ ।प्रमुख ३ वटा सडक नारीमनटोल-पाकवाबान-बबरजंग,नारिमनटोल-गाह्राटोल साविक बबरगंज वार्ड-६ र पोखरिया महादेवमठ-बिलैया बजार बनाउँदा दुवै तर्फबाटै माटो काटेका छन्।सडक बनाउने कुनै ऐन,नियम र निर्देशिका नै नबनाई बजेट सिध्याउने नाउँमा गाउपालिकाले धेरै सडकहरु बनाउँदा अशोभनीय,अवैज्ञानिक र गैरकानुनी तरिकाले खेती योग्य उर्भरा भुमिलाई बलजफ्ती अधिग्रहण गरी बनाएको किसानहरुले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of private land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments